प्रधानमन्त्री प्रचण्डविरुद्ध मोर्चाबन्दी कस्दै ओली : राजेन्द्र, रवि र सिके राउतको पनि साथ खोज्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार देश र जनताको लागि काम नलाग्ने अवस्थामा पुगेको निश्कर्षसहित एमालेले छिट्टै सरकार ढाल्न निर्णायक आन्दोलन गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै सकेसम्म अहिलेको सत्ता गठबन्धन भत्काउन लागिपर्ने र केही गरी गठबन्धन भत्काउन नसकिए सरकार ढाल्नको लागि निर्णायक आन्दोलन गरिनुपर्ने निश्कर्ष सुनाएका छन् ।
पार्टीका विभिन्न कमिटीका बैठक र पार्टीसम्वद्ध कमिटीका बैठकहरुमा पनि उनले सार्वजनिक रुपमै वर्तमान सरकार ढाल्नुपर्ने र त्यसको लागि आन्दोलनमा होमिन तयारी अवस्थामा रहन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। ओलीले वर्तमान सरकार ढाल्नको लागि एमाले एक्लैले आन्दोलन गर्नुभन्दापनि अन्य दललाई पनि सरकार ढाल्ने आन्दोलनमा सरिक गराउन छलफल थालेका छन् ।
ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई विश्वासमा लिएका छन् । यी दुई नेताबीचको सम्बन्ध सुमधुर छ । ०७९ को निर्वाचनदेखि भोलि हुने राष्ट्रियसभाको निर्वाचनमा समेत सहकार्य गर्नुले पनि एमाले–राप्रपा सम्बन्ध सुमधुर रहेको पुष्टि हुन्छ । एमालेले कोशीमा राप्रपाबाट सभामुख बनेका अम्बरबहादुर विष्टलाई पनि समर्थन गरेको छ । ओलीले वामपन्थीहरुबीच एकता गर्नुपर्ने आवश्यकत्तासहित प्रधानमन्त्री दाहालसँग छलफल गरेको स्रोतको दाबी छ । प्रचण्डसँगको आफ्नो छलफल सकारात्मक नभएपछि उनले आन्दोलनको साहारा लिन लागेको चर्चा हुने गरेको छ ।
प्रधानमन्त्री दाहालसँग सत्ता गठबन्धनमा रहेको सिके राउत नेतृत्वको जनमत पार्टीपनि रुष्ट छ । राउतको पार्टी मधेश प्रदेश सरकारबाट हिजो नै बाहिरिएको छ। अब केन्द्रमा पनि सरकारबाट बाहिरिने उसको तयारी छ । सरकारविरुद्ध निर्णायक आन्दोलन थालिने राउतको चेतावनी छ । राप्रपाले पनि फागुनबाट सरकारविरुद्ध आन्दोलन घोषणा गरिसकेको छ ।
उता, संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार गलत बाटोमा रहेको निश्कर्ष निकालेको छ। सरकारका कारण देश झनै ठूलो अप्ठ्यारोमा पर्ने उसको निश्कर्ष छ । सरकारविरुद्धको आन्दोलनमा रास्वपा, राप्रपा र जनमतलाई विश्वासमा लिएका ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि भित्रभित्रै सरकार ढाल्ने र नयाँ गठबन्धन बनाउनेबारे छलफल गरेको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


