प्रहरीबाट कुटिए त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख हमाल
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि हातपात भएको छ ।
शुक्रबार दिउँसो वाक थ्रुुमा प्रहरीको सुरक्षा जाँच नहुने भन्दै अध्यागमनका अधिकारीहरूले प्रश्न उठाएपछि प्रहरीले अध्यागमन प्रमुखमाथि नै हातपात गरेका हुन्।
वाक थ्रुबाट प्रवेश गरिरहँदा अध्यागमन अधिकृत छाँयालाल मोक्तानले किन हाम्रोमात्रै जीउ खानतलासी हुन्छ ? किन प्रहरीले प्रहरीकै जीउ खानतलासी गर्दैन? भन्दै प्रश्न गरेपछि मोक्तानमाथि प्रहरीले मुक्का प्रहार गरेका थिए।
मोक्तानले आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको विषय अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई बताएका थिए । हमालले वास्तविकता बुझ्न सीसी क्यामेरा हेरेका थिए। सीसी क्यामेरामा स्पष्टरूपमा प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई मुक्का प्रहार गरेको देखेपछि यो त प्रहरीले अति गर्यो ? भनेर प्रतिक्रिया दिनासाथ त्यहाँ खटिएका प्रहरीले हमालमाथि नै आक्रमण गरेको विमानस्थल स्रोतले जनाएको छ। ।
अहिले दुवै पक्षीच वार्ता भईरहेको र घटनाबारे थप अनुसन्धान भईरहेको विमानस्थल स्रोतले जनाएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


