Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

तराईमा हुस्सु र कुहिरो, हिमाली भू–भागमा हिमपातको सम्भावना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, १३
तराईमा हुस्सु र कुहिरो, हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त प्रभावका कारण आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स