Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

रौतहटमा बसले दियो ठक्कर, एक जनाको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, १३
रौतहटमा बसले दियो ठक्कर, एक जनाको निधन

रौतहट । रौतहटमा बसले ठक्कर दिँदा एक जनाको निधन भएको छ । पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

सर्लाहीबाट नारायणगढ जान लागेको बा ३ ख ३४५५ नम्बरको बसले शनिबार बिहान ४ बजेतिर ठक्कर दिँदा चन्द्रपुर ५ का ५५ वर्षीय बोधनाथ पौडेलको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यका अनुसार ‘मर्निङ वाक’मा निस्केका पौडेललाई चन्द्रनिगाहपुरमा रहेको जगत पेट्रोल पम्म अगाडि बसले ठक्कर दिएको थियो ।

अत्यधिक हुस्सुका कारण बाटो नदेखेका कारण पौडेललाई बसले ठक्कर दिएको अनुमान गरिएको छ । ठक्कर दिने बस र चालक चन्द्रपुर नगरपालिका ४ का विजय राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स