प्रचण्डलाई देउवाको थ्रेट : मन्त्रिपरिषद् हेरफेर गर्ने भएपनि कांग्रेसका मन्त्री नचलाउनु
काठमाडौं । सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा मन्त्रिपरिषद् पूनर्गठनको तयारीमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल एकाएक रोकिएका छन् । मन्त्रिपरिषद् पूनर्गठनको लागि तम्सिएका प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलबाट सरकारमा सहभागी मन्त्रीहरु अहिले नचलाउन चेतावनी दिएपछि उनी रोकिएका हुन् ।
प्रधानमन्त्री दाहालले सबै मन्त्रीहरुको सेट नै परिवर्तन गर्न चाहेका छन् । यसको लागि उनले गठबन्धनभित्र छलफलसमेत गरेको चर्चा छ । तर, कांग्रेस सभापति देउवा अहिले मन्त्रीहरु हेरफेर गर्ने पक्षमा छैनन् । अहिले सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाएर नयाँ पठाउँदा पार्टीभित्रको शक्ति सन्तुलन बिग्रिनसक्ने उनको आँकलन छ । सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुको कार्यशैलीलाई लिएर चिन्ता गर्न नपर्ने उनको बुझाई छ ।
उनले अहिले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले राम्रो काम गरेको निश्कर्ष निकालेका छन् । देउवाले मन्त्रिपरिषद् हेफेर गर्ने नै हो भने कांग्रेसबाहेकको गर्न प्रचण्डलाई सुझाव दिएका छन् । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति छ । प्रचण्डपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने सहमति छ । तर, कांग्रेस र माओवादीबीच माधव नेपाललाई प्रधानमन्त्री दिन नहुने भनेर लविङ भएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


