रौतहटमा दाइजो नदिएको निहुँँमा एक महिलाको हत्या
रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुँमा एक विवाहित महिलाको हत्या भएको छ । बिहेमा नगद रुपैयाँ कम दिएको, सुत्ने खाट, कुर्सी लगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएको ससुराल पक्षले छोरीको हत्या गरेको मृतकका आमाबुबाले आरोप लगाएका छन् ।
सामाजिक परम्परा अनुसार २०७७ साल जेष्ठ महिनामा विवाह गरेका रौतहट जिल्लाको मौलापुर नगरपालिकाको बौधामा साबिक घर भई हाल गौर नगरपालिका ४ मा बस्दै आएका बिजुली बैठाका छोरा सुनिल बैठाले आफ्नी आमासँग मिलेर २१ वर्षीया छोरी पुनमदेवी बैठाको शुक्रबार हत्या गरेको मृतकको बुवा संजय बैठाले बताएका छन् ।
भारतको मोतिहारी जिल्ला रुसुलपुर घर भई हाल काठमाडौंमा व्यापार गरी बस्दै आएका बैठाले गौरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाइजोको विषयलाई लिएर छोरीलाई सधैं कुटपिट गर्दै आएका ज्वाइँ सुनिल बैठा र छोरीकी सासूले मिलेर हत्या गरेर घरमा झुन्ड्याएको दाबी गरेका छन् ।
छोरीलाई पटक पटक लोग्ने, सासू र ससुराले दाइजो माग गर्न मानसिक, शारीरिक यातना दिने गरेकोले काठमाडौं प्रहरीमा उजुरी समेत दिएको उल्लेख गर्दै ससुरा बिजुली बैठाको इशारामा यस्तो घटना मृतक महिलाकी आमा सीता देवीले बताइन् ।
मृतकको १६ महिनाको छोरा समेत रहेका छन् । उनको माइती पक्षले दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ । सुत्ने कोठामा रहेको खाट नजिक दुवै खुट्टा भुईँमा छोएको र घाँटीमा सलले बाँधिएको अवस्थामा शव फेला परेकाले उनलाई हत्यापछि झुन्ड्याइएको माइती पक्षको आरोप छ ।
हत्यामा संलग्न रहेको भन्दै ज्वाइँ र उनका आमाबुवाविरुद्ध जाहेरी दरखास्त लिएर जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीले जाहेरी लिन नमानेको उनीहरूको दुखेसो छ । न्युज कारखाना
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


