साताको अन्तिम कारोबार दिन उच्च अंकले घट्यो नेप्से
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उच्च अंकले घटेको छ । बिहीबार सेयर बजार मापक नेप्से सूचक ३०.९२ अंकले घटेर बन्द भएको छ । सातको तीन कारोबार बढेको सेयर बजार सातको २ कारोबार दिन भने घटेको हो । बुधबार पनि सेयर बजार घटेको थियो ।
सेयर बजार आइतबार १०.३७ अंकले, सोमबार १०.२६ अंकले र मंगलबार १४.८८ अंकले बढेको थियो भने बुधबार २२.६७ अंकले घटेको थियो । नेप्से सूचक घटेसंगै कारोबार रकम पनि खुम्चिएको छ । बिहीबार सेयर बजारमा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार सेयर बजारमा ५ अर्ब २९ करोड ५६ लाअ ५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सेयर मूल्य घटेको छ भने एक उपसमूहको मात्र सेयर मूल्य बढेको छ । यसदिन फाइनान्स कम्पनी उपसमूहको सेयर मूल्य ०.२१ प्रतिशतले बढेको हो । बिहीबार ३ सय ९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ५१ कित्ता सेयर ८० हजार २९ पटक किनबेच भएको छ । कारोबारमा आएको १९ कम्पनीको मात्र सेयर मूलय बढेको छ । बाँकी २ सय२६ कम्पनीको सेयर मूल्य घटेको छ ।
बिहीबार ५४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर परेका छन् ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


