भावी गृहमन्त्रीको रुपमा सिटौलाको चर्चा, संविधान भने बाधक
काठमाडौ । राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८० मा निर्वाचित भएका कृष्ण प्रसाद सिटौंलाको चर्चा मनोनयन दर्ता गराउनुअघि नै भावी राष्ट्रिय सभा अध्यक्षको रुपमा भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समेत ग्रिन सिग्नलमा उनी राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका थिए ।
पूर्व गृहमन्त्रीसमेत रहेको सिटौला कोशीबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । निर्वाचित भएपछि राष्ट्रिय सभा अध्यक्षमा भन्दा बढी उनको चर्चा भावी गृहमन्त्रीमा हुने गरेको छ ।
कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेसका जनप्रतिनिधिहरुले फ्लोर क्रश गर्दा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार रहेकी नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले हार ब्यहोर्नु परेको थियो । अहिले राष्ट्रिय सभामा माओवादी पहिलो दल छ । कांग्रेसले नै घात गरेर आफ्नो उम्मेदवार हराएको माओवादीको दाबी छ ।
सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन माओवादीले असहमति जनाउने निश्चित छ । यसो हुँदै गर्दा भावी उपप्रधान एवं गृहमन्त्रीको रुपमा समेत उनको चर्चा हुने गरेको छ । गृहमन्त्री रोज्ने की राष्ट्रिय सभा अध्यक्ष ? सिटौलासँग दुई विकल्प भन्दै कांग्रेस बृत्तमा चर्चा चुलिएको छ ।
तर, सिटौलालाई मन्त्री बन्न संविधान बाधक देखिएको छ । गत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सिटौला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्दनेसँग पराजीत भएका हुन् । नेपालको संविधानको धारा ७८ को उपधारा ४ ले उनलाई मन्त्री हुन रोक लगाएको छ ।
संविधानको धारा ७८ (१) ले राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सकिने व्यवस्था गरेको छ । सोही धाराको उपधारा २ ले उपधारा (१) बमोजिम नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले छ महीनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नु ब्यवस्था गरेको छ । उपधारा ४ ले भने तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिले उक्त प्रतिनिधि सभाको कार्यकाल भरी मन्त्री हुन नपाउने व्यवस्था गरेको छ ।
‘तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन,’– संविधानको धारा ७८ (४) मा भनिएको छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

