बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन
काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले सुरु गरेको धरहरामा भूमिगत पार्किङ तत्काल नरोके परिणाम नराम्रो हुने चेतावनी दिएकी छन् ।
सोमबार बसेको संसद्को बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफलविना जबरजस्ती पार्किङ गराउनु विधिविपरीत रहेको बताइन् ।
‘निर्माण सम्पन्न नभइ धरहरामा पार्किङ गर्नु गैरजिम्मेवार काम हो। समन्वय र सम्पर्क नगरी आफुखुसी पार्किङ गर्नु राम्रो हुँदैन’ उनले भनिन्, ‘एक महिना पर्खिएको भए हुन्थ्यो। अहिले नगर्नु भनेर पत्र पठाएका छौं। उहाँहरुले ध्यान दिनुभएको छैन।’
मन्त्री गुरुङले धरहरामा कार्यविधी नबनाई महानगरले प्रयोग गर्न नसक्ने जिकीर गरिन्। ‘यसरी नै अघि बढ्नु भयो भने राम्रो हुँदैन। त्यहाँ बनाउनु मात्र ठूलो कुरा हैन। त्यहाँ व्यवस्थापन कसरी गर्ने भन्नेबारे कार्यविधी बनाउनुपर्छ’ मन्त्री गुरुङले प्रश्न गरिन्,‘महानगरले मान्नेरनभन्ने भन्ने कुरा हुँदैन। त्यहाँ निर्माण सम्पन्न नभैसकेकाले त्यहाँको सुरक्षा कसले जिम्मेवार लिने ?’
महानगरपालिकाले केही दिनअघिबाट धरहरामा भूमिगत पार्किङ सुरु गरेको थियो तर, निर्माणको काम सम्पन्न नभईसकेको भन्दै सरकारले महानगरको निर्णयमाथि अंकुश लगाउन खोजेपछि हिजो बिहान नगर प्रमुख बालेन शाहले आक्रोश पोख्दै स्टाटस लेखेका थिए । उनले सरकारले जस्तोसुकै अड्चन थापेपनि भूमिगत पार्किङ नरोकिने बताएका छन् ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


