ठगीको आरोपमा सिरहाबाट प्रधानाध्यापक पक्राउ
जानकारी केन्द्र
२०८०, माघ, २३
सिरहा । सिरहामा ठगी आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । चन्द्र नमुना माध्यमिक विद्यालय सिरहाका प्रधानाध्यापक रहेका सिरहा नगरपालिका ७ घर भएका मधुसुदन कर्णलाई सोमबार ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिरहा नगरपालिका ८ का रोशनकुमार यादवले सञ्चालन गरेको नेपाल आइरन स्टोर एन्ड जनरल सप्लायर्सबाट विद्यालयमा निर्माण कार्यका लागि भन्दै १७ लाख ४ हजार ५ सय ८१ रुपैयाँ ४ पैसा बराबरको निर्माण सामाग्री लिएको तर पैसा नदिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


