Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

बारामा टिपरले दियो ठक्कर, पूर्वअनुसन्धान अधिकृतको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, २५
बारामा टिपरले दियो ठक्कर, पूर्वअनुसन्धान अधिकृतको निधन

बारा । टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक विष्णु थापाको मृत्यु भएको छ । मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका थापामा दुर्घटनामा मृत्यु भएको हो ।

कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले बुधबार साँझ बडहर्वा चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरपालिका ७ बरेवा निवासी थापा राष्ट्रिय अनुसन्धान विभागबाट हालै सेवा निवृत्त भएका थिए । ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएर फरार त्यसका चालकको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स