जोर्डनलाई हराउँदै कतारले उचाल्यो एसियन कपको उपाधि
काठमाडौँ । कतारले एएफसी एसियन कप फूटबल प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको छ । कतारको लुसेल रंगशालामा भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै कतारले उपाधि रक्षा गरेको हो ।
यसअघि सन् २०१९ मा यूएईमा भएको प्रतियोगितामा जापानलाई ३ – १ ले नै हराउदै कतारले पहिलो पटक एसियन कपको उपाधि जितेको थियो । हिजोको खेलमा जोर्डनलाई पराजित गर्ने क्रममा कतारका लागि अक्रम अफिफले ह्याट्रिक पूरा गरे ।
उनले सबै गोल पेनाल्टीमार्फत गरेका थिए । प्रतियोगिता अवधिभर ८ गोल गर्दै अफिफ सर्वाधिक गोलकर्ता बनेका छन् । साथै उनी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पनि चुनिए । लगातार दोस्रो उपाधि जित्ने क्रममा कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीनविरुद्ध जीत निकालेको थियो ।
यस्तै अन्तिम १६ मा प्यालेस्टाइनमाथि २–१ को जीत दर्ता गरेको थियो । क्वार्टरफाइनलमा उज्वेकिस्तानविरुद्ध टाइब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई हराएको थियो ।
पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको जोर्डन जीत निकाल्न असमर्थ भएपछि निराश बनेको छ ।
सम्बन्धित समाचार
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


