आज भ्यालेन्टाइन डे : प्रेमी वा प्रेमिकालाई खुसी बनाउने यस्तो छ सूत्र
काठमाडौं । हरेक वर्ष फेब्रुअरी १४ मा संसारका विभिन्न भागमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । केहि वर्षयता यो दिवस नेपालमा पनि भित्रिएको छ ।
वास्तवमा प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि यो विशेष दिन हो । भ्यालेन्टाइन डेलाई कसरी स्मरणीय बनाउने रु धेरैलाई आज यो कुराले पिरोलेको हुनुपर्छ । आज हामीले केहि टिप्स तयार पारेका छौं ।
एक-अर्कासँग समय बिताउने
प्रणय दिवस जस्तो विशेष दिनमा एक-अर्कासँग समय बिताउनु नै सबैभन्दा ठूलो उपहार हो ।
दिनको सुरुवात र अन्त्य विशेष बनाउने
अन्य दिनभन्दा आजको दिन विशेष बनाउन बिहानको सुरुवाती र रातको अन्त्यमा सम्बन्ध अझ प्रगाढ बनाउने कोसिस गर्नुहोस् । एक-अर्कालाई मनपर्ने क्रियाकलाप गर्नुहोस् । त्यस्तै, मनपर्ने खाना खाएर र उपहार साटासाट गरेर विशेष बनाउन सकिन्छ ।
वातावरण रोमान्टिक बनाउने
वातावरण रोमान्टिक बनाउन फूल, चकलेट आदि प्रयोग गर्न सकिन्छ । एक(अर्कासँग टाढा भएका जोडीले फूल तथा उपहार पठाउन सक्छन् । वैज्ञानिक तथ्य अनुसार फूलले मानिसमा सकारात्मक प्रभाव पर्छ । त्यसैले सरप्राइजका रुपमा फूल पाउँदा सम्बन्ध प्रगाढ बनाउँछ ।
योजना बुन्ने
आफ्ना प्रेमी वा प्रेमिकालाई खुसी बनाउन कुनै विशेष योजना बनाउनुहोस् । यसका लागि आफूले भेट्ने ठाउँमा फूल र उपहारले सजाउन सकिन्छ । यसबाहेक एक अर्काका विशेष हुनका लागि मनपर्ने परफ्युम, ड्रेसअप लगाउन आवश्यक छ ।
लभलेटररगीतरकविता लेख्ने
आफ्नो जीवनमा प्रेमी वा प्रेमिकाको महत्व झल्काएर सम्बन्ध अझ प्रगाढ बनाउन आवश्यक छ । यसर्थ, उसका लागि लभलेटर, कविता लेख्ने कोसिस गर्नुहोस् । यसले प्रेमी वा प्रेमिकालाई थप आकर्षित बनाउन सहयोग पुग्छ ।
दुवैलाई मनपर्ने कुनै काम गर्ने
यही नै गर्नुपर्छ भन्ने नभए पनि दुवैलाई मनपर्ने कुनै काम गर्न सकिन्छ । सँगै बसेर काम गर्दा झन् रमाइलो महसुस गर्न सकिन्छ ।
सरप्राइज दिने
सरप्राइज दिँदा प्रायः मानिस खुसी हुने गर्छन् । यसर्थ आफ्ना प्रेमी वा प्रेमिका लाई खुसी बनाउन कुनै विशेष सरप्राइज दिनु उपयुक्त हुन्छ । त्यसका लागि मनपर्ने परफ्युम, गहना, कपडा, घुम्न जाने टिकट आदि दिन सकिन्छ ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


