धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ
जानकारी केन्द्र
२०८०, फाल्गुन, १२
रोल्पा । रोल्पामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा माडी गाउँपालिका १ जयलखसेका ३२ वर्षीय भीमबहादुर बुढा रहेका छन् । उनले आफ्नी श्रीमती २८ वर्षीया मनकुमारी बुढाको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
मदिरा सेवन गरी शुक्रबार दिउँसो ३ बजे भीमबहादुरले घरको आगनमा श्रीमती मनकुमारीको घाँटीमा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घटनास्थलमै मनकुमारीको मृत्यु भएको हो ।
भीमबहादुरलाई इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट प्रहरी निरीक्षक कृष्ण सोनीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । बुढा दम्पत्तिका १२ वर्षीय छोरा र ५ वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


