छुट्टाछुट्टै स्थानमा चार जना मृत अवस्थामा फेला
काठमाडौं ।
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित टहराको पेटीमा मोरङ पथरीशनिश्चरे-१० घर भएका ४७ वर्षीय देवराज गौतम आइतबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार नुवाकोट, बिदुर नगरपालिका-७ तुप्चे बस्ने ४८ वर्षीय थंक बहादुर सुबेदी किस्पाङ गाउँपालिका-५ जयडाँडास्थित सोले काउले लामीडाँडा भिरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै गरेर झापा, अर्जुनधारा नगरपालिका-५ बस्ने ४१ वर्षीय लब लाल राजबंशी बिर्तामोड नगरपालिका-२ साङ्गबेद टोलस्थित आफ्नै काका मलिक लाल राजबंशीको घरमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालिकोट, शुभकालिका गाउँपालिका-२ भर्तागार्ड खोलाको भुनछहरा दहमा सोही गाउँपालिका-३ पर्जै बस्ने ३७ वर्षीय प्रेम मगर आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


