राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी धादिङ वेनिघाट रोराङ गाउँपालिका-५ ठेगाना भएकी न्यू समिक्षा सप्लायर्सकी प्रोप्राइटर २९ वर्षीया कुमारी गुरूङ र पर्सा वीरगंज महानगरपालिका-८ ठेगाना भएका सोही सप्लायर्सका बैंक खाता संचालक ४१ वर्षीय प्रदिप कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ ।
उच्च अदालत पाटनको २०७९ भदौ २५ गतेको फैसलाले राजस्व चुहावट मुद्दामा जनही १/१ वर्ष कैद र १२ करोड १० लाख ३६ हजार ५ सय ३० रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले चितवन भरतपुरबाट पक्राउ गरेको प्रहरीले जनाएकोे छ ।
प्रहरीका अनुसार उनीहरूले न्यू समीक्षा सप्लायर्स नामको फर्म दर्ता गरी एकआपसमा मिलोमतो गरी मालवस्तु खरिद बिक्री नगरी नक्कली कर बिजक जारी गरी संकलन भएको मूल्य अभिवृद्धि कर र आम्दानीमा कानून बमोजिम तिर्नुपर्ने आयकर रकम समेत नतिरी राजस्व चुहावट गरेकोमा अदालतले उनीहरू विरूद्ध उक्त कैद तथा जरिवाना सजाय फैसला गरेको थियो । उनीहरूलाई फैसला कार्यावन्यनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको नेपाल प्रहरीले बताएको छ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


