Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, २४
विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं ।
काठमाडौं महानगरपालिका-१६ बनस्थली ढुङ्गेधारा भृकुटीटोल डेरा गरी बस्ने गोरखा शहिदलखन गाउँपालिका-२ घर भएकी ४० वर्षीया मिना थापा आफ्नै कोठाभित्र बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ हरबासी बस्ने ४४ वर्षीय श्याम बहादुर क्षेत्री (जि.सी.) आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

ओखलढुंगा, मोलुङ गाउँपालिका-२ ढुस्के बस्ने ३५ वर्षीया निर्मला दर्जी आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स