Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

भागेका थुनुवा खोज्नेक्रममा लडेर दार्चुलामा प्रहरी जवानको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, २८
भागेका थुनुवा खोज्नेक्रममा लडेर दार्चुलामा प्रहरी जवानको मृत्यु

काठमाडौं । दार्चुलामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको ज्यान गएको हो ।

प्रहरीको थुनामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर हतकडीसहित भागेपछि समात्न जाँदा लडेर सोमबार उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

थुनुवा कक्षबाट भागेका कुँवर महाकाली नदीमा पौडी खेलेर भारततिर पुगेका थिए । कुँवरलाई नदी किनारमा रहेका भारतीय गोरखा रेजिमेन्ट (जीआर) को सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स