Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुनको सिक्री नपाएपछि बिहे रद्द गरी जन्ती फिर्ता लाने बेहुला पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, २९
सुनको सिक्री नपाएपछि बिहे रद्द गरी जन्ती फिर्ता लाने बेहुला पक्राउ

काठमाडौँ : दाइजोमा सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गर्ने बेहुला पक्राउ परेका छन् ।

वीरगन्ज महानगरका एक कर्मचारीले सोमबार राति विवाह नै रोकेपछि प्रहरीले उनलाई मंगलबार बिहानै २ बजे पक्राउ गरेको हो । पक्राउ पर्ने वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साह हुन् । उनले दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेका थिए ।

साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औँठी र हनुमानको माला पाइसकेका थिए ।तर राति मण्डपमा सुनको सिक्री नपाएपछि उनले बिहे नै रोकेर जन्ती फिर्ता लगेका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स