आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
जानकारी केन्द्र
२०८०, फाल्गुन, ३०
काठमाडौं ।
पाँचथर, याङवरक गाउँपालिका-३ बानियाडाँडास्थित सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ईन्दिरा बराईलीको घर र गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ११ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार, भोजपुर नगरपालिका-२ चङखुले बस्ने ३४ वर्षीय युवराज राईको घरमा सोलारको तार सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी धादिङ, सिद्धलेक गाउँपालिका-२ कुवापानीटारस्थित आरबोटे सामुदायिक वनमा मंगलबार साँझ लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ७० वर्षीय हर्क बहादुर श्रेष्ठको गोठ र कुखुरा फर्ममा समेत आगलागी हुँदा २ वटा गोठ, कुखुरा फर्म, मोटरसाइकल १ थान, हाते ट्याक्टर १ थान र टिभी १ थान जलेर नष्ट भएको नेपाल प्रहरीले बताएकोे छ ।
प्रहरीका अनुसार , कैलाश गाउँपालिका-७ बिथली बस्ने इमानसिङ प्रजाको घरमा मंगलबार राति आगलागी भई सोही ठाउँ बस्ने प्रतापसिङ प्रजाको घरमा समेत आगलागी हुँदा दुवै जनाको घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


