विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ
काठमाडौं । कन्काई नगरपालिका-८ बस्ने २३ वर्षीय मनिष चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने बिशाल राईसँग खरिद गरेको खुल्न आएपछि बिशालको घर तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम प्रहरीले बरामद गरेको छ । हाल फरार बिशालको प्रहरीले खोजी गरिरहेको बताइएको छ।
प्रहरीका अनुसार दमक नगरपालिका-८ डाँफे मुनालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ वालुवाटार बस्ने १९ वर्षीय शेखर परियार र २१ वर्षीय रोहित साह रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको बताइएको छ । कपिलवस्तु, वाणगंगा नगरपालिका-११ मर्थीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा रूपन्देही कंचन गाउँपालिका-६ बस्ने ३० वर्षीय बिशाल राना र २१ वर्षीय सुरज बिक रहेका छन् । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले लु.५९ प ७०९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ।
यसैगरी नेपालगंज उपमहानगपरालिका-१९ सुर्जगाउँ बस्ने ४६ वर्षीय साबिर अली बेहनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ३ सय मिलिग्रामसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरको छ । त्यस्तै गरेरबिन्दवासिनी गाउँपालिका-३ झौवा गुठी बस्ने ५६ वर्षीय मिरहसन देवानलाई अवैध लागूऔषध गाँजा ९ सय ग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


