लुयान इलेक्ट्रिक स्कुटरको होली अफर
नेपालीहरुको उल्लासमय पर्व होलीको उपलक्ष्यमा लुयान इलेक्ट्रिक स्कुटर कम्पनीले नगद छुट सहित अन्य सुविधा सहितको होली अफर सञ्चालन गरेको छ । जस अन्तर्गत लुयान इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले नगद १५ हजार छुट पाउनुको साथसाथै केही एसेसरिज निःशुल्क पाउनेछन् ।
यसका साथै एउटा प्रिमियम हेलमेट, रेनकोट, बाइक कभर ग्राहकले पाउनेछन् । कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार लुयान स्कुटर खरिद गर्ने ग्राहकले सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म निःशुल्क सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टमा वारेन्टी पाउन सक्नेछन् । यसका साथै कम्पनीले एक्सचेन्ज तथा फाइनान्सको समेत सुविधा रहेको कम्पनीका सेल्स तथा मार्केटिङ हेड शंकर शर्माले बताएका छन् ।

कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान सकिने व्यवस्था समेत रहेको छ। यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाडौं लगायत कम्पनीका अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने बताइएको छ । लुयान ब्रान्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुने कम्पनीले दावी गरेको छ ।
लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ । टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन । लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै ब्याट्री चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ लगायत अत्याधुनिक प्रविधियुक्त कम्पोनेन्ट तथा फङसनहरुको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको देखिएको छ ।
लुयान इलेक्ट्रिक स्कुटरको नेपालकोे आधिकारिक वितरक जीरो इमिसन राइड एनले जनाए अनुसार नेपालमा भएका इलेक्टिक स्कुटर मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर लुयानको रहेको छ । यसका काठमाडौं उपत्यकामा मात्र ७ स्थानमा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।

सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


