Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

रुसी सेनामा भर्ना भएका ३३ जना नेपालीको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, ६
रुसी सेनामा भर्ना भएका ३३ जना नेपालीको निधन

काठमाडौं । परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा भर्ना भएका ३३ जना नेपालीको मृत्यु भएको जनाएको छ । पछिल्लो पटक रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भएपनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ ।

रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ । परराष्ट्रले यसअघि नै १७ जनाको ज्यान गइसकेको जानकारी सार्वजनिक गरिसकेको हो ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स