नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको हो ।
आज तीन सय सात कम्पनीक ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता शेयर ६३ हजार आठ सय एक पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
वित्त समूह दुई दशमलव १०, जीवन बीमा समूह शून्य दशमलव ०६ र लघुवित्त समूह दुई दशमलव ०३ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । आज सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ३८ र व्यापार समूह एक दशमलव ३१ प्रतिशतले घटेको छ।
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड नौ दशमलव ९९ र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ४५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम–२ सात दशमलव ०८ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको छ दशमलव ९१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु २५ करोड ९७ लाख २२ हजार तीन सय ६७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी इक्विटी फन्डको छ लाख ९९ हजार छ सय ४२ कित्ता शेयर किनबेच भएको छ ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


