महिला च्याम्पियन्स लिग : चेल्सीको सहज जित
जानकारी केन्द्र
२०८०, चैत्र, ७
काठमाडौँ । युइएफए महिला च्याम्पियन्स लिग फुटबलमा चेल्सीले जित निकालेको छ । गएराति भएको क्वार्टफराइनलको पहिलो लेगमा आयाक्सलाई ३–० गोलले हराउँदै चेल्सीले सहज जित निकालेको हो । चेल्सीका लागि स्जोयक नुस्केनले दुई तथा लोरेन जेम्सले एक गोल गरेका थिए ।
चेल्सीले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । खेलको १९औँ मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् भने नस्केनले ४४औँ मिनेटमा टोलीको अग्रतालाई दोब्बर बनाएकी थिइन् ।
यस्तै दोस्रो हाफको ८३औँ मिनेटमा नुस्केनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३–० गोलको सहज जित दिलाइन् । अब दोस्रो लेग चैत १५ गते चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


