Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुनको भाउ अहिलेसम्मकै धेरै, तोलाकै १ लाख २७ हजार ८ सय

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, ८
सुनको भाउ अहिलेसम्मकै धेरै, तोलाकै १ लाख २७ हजार ८ सय

काठमाडौं। नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स