डुबेर मृत्यु
काठमाडौं ।
भजनी नगरपालिका-२ रजबारा बस्ने तुलराम विकको छोरी १३ वर्षीया ममता विकको सोही ठाउँस्थित काडा नदीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार खप्तडछेडेदह गाउँपालिका-७ लमगाउँस्थित छेडेदह तालमा डुबेर सोही ठाउँ बस्ने ३२ वर्षीय बिरेन्द्र बहादुर रावतको आइतबार दिउँसो मृत्यु भएको छ । घुम्न गएको अवस्थामा डुङ्गामा चढि खेल्ने क्रममा डुङ्गा पल्टिँदा बिरेन्द्र बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुरा समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कलैया उपमहानगरपालिका-१३ बलिरामपुरस्थित पसाह नदीमा डुबेर सोही ठाउँ बस्ने २१ वर्षीय नरेश प्रसाद यादवको आइतबार दिउँसो मृत्यु भएको छ । त्यस्तै गरेर बलानविहुल गाउँपालिका-४ बेल्ही टोल बस्ने ईन्दल मुखियाको छोरा ४ वर्षीय आनन्द मुखियाको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


