विभिन्न सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु
काठमाडौं । मेल्लेख गाउँपालिका-७ सुयडीस्थित सडकमा सोडषाबाट साफेतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टरका चालक मेल्लेख गाउँपालिका-१ ऋषिदह बस्ने २१ वर्षीय जनक धामी समेत ५ जनाको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ३ जनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको बताइएको छ ।
प्रहरीका अनुसार,घोराही उपमहानगरपालिका-९ दुवीचौरस्थित सडकमा बुकाली डाडाबाट मुकुन्द डाडातर्फ जाँदै गरेको रा.८ प ३९५३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार तुलसीपुर उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीय अर्जुन बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
यसैगरी वाणगंगा नगरपालिका-६ बनकसियास्थित सडकमा बैदौलीबाट कुश्मातर्फ जाँदै गरेको इलेक्ट्रोनिक स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राजु थारूको सोमबार बिहान मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बकैया गाउँपालिका-४ गोठखोलास्थित सडकमा प्रदेश ३-०१-०२४ च १७९६ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने निजल बानियाको छोरा ११ वर्षीय निशान बानियाको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
त्यस्तेै गरेर बर्दिबास नगरपालिका-८ निमचोकमा बर्दिवासबाट हात्तिलेटतर्फ जाँदै गरेको बा.७८ प ५३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक बर्दिबास नगरपालिका-२ लच्का बस्ने ३५ वर्षीय पूर्ण बहादुर मगरको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि बर्दिबासस्थित शुभ-स्वस्तिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि बर्दिबासतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


