Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

नेपालले दियो आयरल्याण्ड ‘ए’ लाई १९९ रनको चुनौतीपूर्ण लक्ष्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १३
नेपालले दियो आयरल्याण्ड ‘ए’ लाई १९९ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं। नेपाल भ्रमणमा रहेको आयरल्याण्डको ए टिमलाई नेपालले दोस्रो टी २० खेलमा १९९ रनको चुनौती पेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोड्यो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन जोडे। ३२ बलको सामना गरेका गुल्सनले ४ छक्का र १ चौका हिर्काउँदान अर्धशतक बनाउनबाट मात्र ४ रनले चुके ।

त्यस्तै कुशल मल्लले आक्रामक पाली खेल्दै ३४ रन थपे । उनले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन बनाएका थिए । ओपनर कुशल भुर्तेलले २५ रन जोडेको खेलमा आसिफ शेखले ११ रन थपे । कप्तान रोहित पौडेलले ३३ रन थपेको खेलमा विवेक यादवले ७ र सन्दीज जोराले २१ रन जोडे ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स