१९ वर्षीया युवतीको हत्या, घाँटी र हातका औलाहरू पनि काटिएका छन्
तानसेन। पाल्पामा एक युवतीको घाँटी रेटेर हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्याहामा बीभत्स तरिकाले हत्या भएको अवस्थामा युवतीको शव भेटिएको हो ।
मंगलबार दिउँसो घरनजिकै पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीरका विभिन्न स्थानमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटिएको थियो । १९ वर्षीया पद्मा ख्याहा दलबहादुर र कमला सुनारकी छोरी हुन् । उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।
मंगलबार दिउँसो करिब ४ बजे घर नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
उनको घाँटी र हातका औलाहरू काटिएका थिए भने घटनास्थलको प्रकृती हेर्दा जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको जस्तो देखिएको बताइएको छ । प्रहरीका अनुसार अनुसन्धानको लागी भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ । चाँडै घटना बारे वास्तविकता पत्ता लाग्ने जनाइएको छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

