अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो पदार्थ ६८ ग्राम ५० मिलिग्राम सहित सिरहा मिर्चैया नगरपालिका-५ बस्ने २३ वर्षीय धिरज कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले बा।प्र ०३-००१ ख.२७२९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवारी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको छ।
यसैगरी गौरीगंज गाउँपालिका-५ भतेपुरबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३० ट्याब्लेटसहित सोही नगरपालिका-४ स्कुलचन घर भई दमक नगरपालिका-७ ओम मेची बस्ने २८ वर्षीय बिक्रम बर्देवालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त ट्याब्लेटसहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


