आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । दोधारा चाँदनी नगरपालिका-१ पशुपती टोल बस्ने हिरा नाथको घर, भान्सा कोठा तथा गोठमा आइतबार बिहान आगलागी हुँदा घर, भाडावर्तन, लत्ताकपडा, अन्नपात जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार हरिवन नगरपालिका-११ हरिवनस्थित मनकामना बहुउद्देशीय सहकारी संस्थामा पैसा गन्ने मेसिनमा आइतबार बिहान आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी चिशंखुगढी गाउँपालिका-८ तल्लो रितास्थित भालुखोप सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने श्रीमान कामीको घर तथा गोठमा आइतबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


