Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

करेन्ट लागेर कर्मचारीको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २७
करेन्ट लागेर कर्मचारीको मृत्यु

बर्दिया । राजापुर बिद्युत बितरण केन्द्र राजापुरका कर्मचारी राजापुर नगरपालिका-७ भिमापुर बस्ने ४० वर्षीय श्याम लाल थारुको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार सोही नगरपालिका-१० खैरी चन्दनपुरस्थित एक घरमा मिटर जोड्न विद्युतको पोलमा चढेर तार जोड्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स