चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ
धनुषा । जनकपुर उपमहानगरपालिका-७ डेरा गरी बस्ने महोत्तरी एकडाडा गाउँपालिका-३ घर भएका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय अर्जुन साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ।
प्रहरीका अनुसार जनकपुर उपमहानगरपालिका-७ विश्वकर्मा चोक नजिक कलबार कुट्टी जाने बाटोमा अपरिचत व्यक्तिले चक्कु प्रहार गर्दा महासेठ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीले घाइतेलाई प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।
चक्कु प्रहार गर्ने व्यक्तिको खोजी र अनुसन्धानको क्रममा सोही उपमहानगरपालिका-४ कलबारकुट्टीबाट साहलाई प्रहरीले फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


