प्रदेश प्रमुखलाई एमाले माओवादीको निवेदन
जानकारी केन्द्र
२०८०, चैत्र, २७
विराटनगर । कोशी प्रदेशमा सरकार परिवर्तनको खेल शुरु भएको छ । माओवादी केन्द्रले सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिएपछि नेकपा एमाले र माओवादीसहितका दलको कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएका छन् ।
एमाले र मावोवादीसहितका दलले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिएका हुन् ।
निवेदनमा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीलाई बैकल्पिक सरकारको मुख्यमन्त्री बनाउन समेत आग्रह गरिएको छ ।
गत आश्विन २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सांसदसहित ४७ जनाको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, कात्तिक १ मा विश्वासको मत दिएको माओवादी केन्द्र तथा एमालेले समेत समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री अल्पमतमा परिसकेको दाबि गरिएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


