Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

निर्माण व्यवसायी सिद्धार्थ गुरुङविरुद्ध जबरजस्ती करणी अभियोगमा जाहेरी दर्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, ३०
निर्माण व्यवसायी सिद्धार्थ गुरुङविरुद्ध जबरजस्ती करणी अभियोगमा जाहेरी दर्ता

काठमाडौं। निर्माण व्यवसायी सिद्धार्थ गुरुङविरुद्ध जबरजस्ती करणी अभियोगमा जाहेरी दर्ता भएको छ । बुटवल उपमहानगरपालिका–११ स्थायी ठेगाना भएका गुरुङविरुद्ध गत चैत २७ गते पीडितले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दिएकी थिईन् । उक्त जाहेरी चैत २८ गते दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

अन्दाजी ३५/३६ वर्षका गुरुङले गत माघ १७ गते आफूमाथि जबरजस्ती करणी गरेको पीडित महिलाले बताईन् । पीडित महिलाको उमेर ५० वर्षभन्दा माथि रहेको छ । आफूसँग रहेको सम्पत्ति हत्याउने मनसायले गुरुङले उक्त घटना घटाएको हुनसक्ने पीडित महिलाले बताईन् ।

पीडित महिलाका अनुसार अभियुक्त गुरुङ र उनको चिनजान धेरै पहिला देखिकै हो । गुङले ती महिलालाई पहिलादेखि नै दिदीको नाता लगाएर बोलाउँथे। केही समय पहिला आफूलाई गुरुङले सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङ गरेको समेत पीडितको भनाइ छ ।

घरमा कोही नभएको मौका पारी आएका गुरुङले आफूलाई जबरजस्ती करणी गरेको उनले बताईन् । पीडित महिलाका अनुसार गुरुङले उक्त घट्नाको फोटो र भिडियोसमेत बनाएका छन् । उनले सो फोटो र भिडियो सामाजिक सञ्जालमा राखिदिन्छु भनेर केही समय पहिलासम्म ब्ल्यकमेलिङ गरेको पीडित महिलाको भनाइ छ।

naima expoTop Changing Nepal

युट्युब सट्स