प्रहरी र सवारी चालकलाई लड्डु बाँड्दै गृहमन्त्री लामिछानेले गरे नयाँ वर्षको सुरूवात
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सडकमा मिठाइ बाढेर नयाँ वर्ष ०८१को सुरुवात गरेका छन् । सडकमा खटिएका प्रहरीसँग गृहमन्त्री लामिछानेले शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाएका हुन् ।
आज बिहान काठमाडौंको थापाथली चोक पुगेर गृहमन्त्री लामिछानेले सडकमा ड्युटी गरिरहेका प्रहरीलाई मिठाइ बाडेका छन् । उनले सडकमा खटिएका ट्राफिक प्रहरीलाई हौसला प्रदान गर्दै नयाँ वर्षको शुभकामना दिएका हुन् । सडकमा भेटिएका ज्येष्ठ नागरिक, सवारीचालक र यात्रुलाई समेत नयाँ वर्षको शुभकामना दिँदै मन्त्री लामिछानेलले लड्डु बाढेका थिए ।
नयाँ वर्ष मनाउने क्रममा गृहमन्त्रीको टोलीमा नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीलगायतका प्रहरी अधिकृत सहभागी थिए । शुभकामना आदान प्रदानका क्रममा मन्त्री लामिछानेले कर्तव्य पालनामा कुनै कमी नगर्न प्रहरीलाई अनुरोध गरेका थिए ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


