नयाँवर्षको पहिलो दिन लुम्बिनीमा घट्यो चहलपहल, कोषको ८ वर्ष यताको तथ्यांक यस्तो छ
काठमाडौं। नयाँ वर्ष २०८१ सालको पहिलो दिन बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकहरुको चहलपहलमा कमि आएको छ।
२०८१ सालको पहिलो दिन १५ हजार जति पर्यटकहरु लुम्बिनी भ्रमणमा आएको लुम्बिनी विकासका सुचना अधिकृत राजन बस्नेतले जानकारी दिए। गत वर्ष बैशाख १ गते ३८ हजार ५३६ जनाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए। यो नयाँ वर्ष २०८१ सालको पहिलो दिनको तुलनामा ६० प्रतिशतले घटेको कोषले जनाएको छ ।
कोभिड अघिका नयाँ वर्षमा लुम्बिनीमा थामी नसक्नुको भिड हुन्थ्यो। २०७६ सालको नयाँ वर्षको दिन मात्र १ लाख ६ हजार ९९५ जनाले लुम्बिनी घुमेका थिए। त्यस अघि २०७५ को पहिलो दिन १ लाख ९ हजार ५२७ जना लुम्बिनी आएका थिए। २०७४ मा ८३ हजार ९५० जना नयाँ वर्ष मनाउन लुम्बिनी आएका थिए। भुकम्प र नाका बन्दीको प्रभावका कारण २०७३ को नयाँ वर्षमा लुम्बिनी घुम्नेहरुमा कमी आएको थियो।
होटल संघ लुम्बिनीका अध्यक्ष गोबिन्द ज्ञवाली भन्छन लुम्बिनीमा आन्तरिक पर्यटकहरुको आगमन कमी हुनुमा बुटवल नारायणगढ सडक विस्तारमा ढिलाई हुनु मुख्य कारण र सडक अस्तव्यस्त हुँदा यात्रा गर्न निकै कठिनाइ छ। जसका कारण भ्रमणमा आउनेहरु नारायणगढ पश्चिम आउन नखोज्ने ज्ञवाली बताउँछन्।
यसैगरी, गत एक हप्ते ध्यान सिविर, लुम्बिनी पिस फेस्टीवल, नेपाल शिक्षक संघको प्रतिनिधिहरुको भेलाले लुम्बिनीमा चहलपहल बढाएको थियो।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


