एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै
काठमाडौँ । नेपालले एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो खेलमा आज हङकङको सामना गर्दै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुने छ । नेपालले जारी प्रिमियर कपमा अहिलेसम्म शानदार शुरुवात गर्दै यस अघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो ।
त्यस्तै पहिलो खेलमा कतारलाई ५ विकेटले पराजित गरेको हङकङ दोस्रो खेलमा साउदी अरेबियासँग भने ५५ रनको हार बेहोरेको छ । प्रिमियर कपको उपाधिका दाबेदार मध्ये एक मानिएको हङकङ साउदीसँगको हारले ठुलो धक्का पुगेको देखिएको छ । यो हारपछि नेपालविरुद्धको आजको खेलमा हङकङ जित्नैपर्ने दबाबमा हुने छ । अर्कोतर्फ नेपाल भने आफ्नो विजयी लयलाई निरन्तरता दिने लक्ष्यका साथ यो खेलमा मैदानमा उत्रिने छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रहेका छन् ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


