यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।
आज अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७७ पैसा रहेको छ। आइतबार पनि सो भाउमा अमेरिकी डलरको खरिदबिक्री भएको थियो । त्यसैगरी, सोमबार युरो एक रुपैयाँ १९ पैसाले घटेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ। आइतबार भने यसको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा तोकिएको थियो।
आज बेलायती पाउन्ड ३१ पैसाले घटेर सोमबार पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५६ पैसा तोकिएको छ। यसअघि आइतबार पाउन्ड एकको खरिददर १६६ रुपैयाँ १२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८७ पैसा थियो। त्यसैगरी सोमबारको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४८ पैसा कायम गरिएको छ। सोमबार क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ११ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २७ रूपैयाँ ९२ पैसा र बिक्रीदर २८ रूपैयाँ ०४ पैसा कायम गरेको छ । आजको लागि कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ १६ र बिक्रीदर ४३४ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


