सलमान खान माथी आक्रमण गर्नेको तस्विर सार्बजनिक, मोटरसाइकल जफत
मुम्बई । आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाईको थियो । दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए ।
सो घटना पछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए । शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको सुरक्षा बढाउन निर्देशन दिएका छन् । हाल अभिनेता खानको घरबाहिर सुरक्षा बढाइएको छ ।
एक भिडियोमा सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर आएको छ। जसमा दुवै आक्रमणकारीले गोली हानेको देखिन्छ । गोली चलाउनेहरुको तस्विर पनि प्रहरीले सार्बजनिक गरेको छ ।

मुम्बई प्रहरी स्रोतका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली फेला पारेका छन्। प्रहरीले आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । फोरेन्सिक टोलीले यसको अनुसन्धान गरिरहेको छ ।
दुवै अभियुक्त राज्य बाहिरका हुन सक्ने र उचाई ५ फिट ८ इन्च हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले सलमानको घरबाहिर राखिएका सबै सीसीटीभी क्यामेराको डीभीआर जफत गरेको छ ।
घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ । घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ । एक फेसबुक पेजमा सो घटनाका बारेमा जिम्मेवारी लिएको सार्बजनिक भएको छ, जसमा सलमान माथि भविष्यमा पनि आक्रमण हुनसक्ने लेखिएको छ । यद्यपी यस पोस्टको प्रहरीले पुष्टि गरिसकेको भने छैन् । थप जानकारी प्रहरीले अझै दिएको छैन् । यति मात्रै भनेको छ कि सो घटनाको अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

