Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कांग्रेसद्वारा सल्यानका सभापतिमाथि भएको सांघातिक आक्रमणको भर्त्सना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ३
कांग्रेसद्वारा सल्यानका सभापतिमाथि भएको सांघातिक आक्रमणको भर्त्सना

काठमाडौँ ।  नेपाली कांग्रेसले सल्यानका सभापति केशबहादुर विष्टमाथि भएको सांघातिक हमलाको भर्त्सना गरेको छ ।

कांग्रेसले सोमबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश स्तरीय संगठन सुदृढ यात्राको सिलसिलामा कालिकोटबाट सल्यानतर्फ फर्कने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिका स्थित वालुवा संग्रहि भन्ने स्थानमा गत चैत्र २९ गते बेलुका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका सभापति विष्ट माथि गरिएको सांघातिक आक्रमणको घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ ।

कांग्रेसले यस घटनाको घोर निन्दा र भत्र्सना गर्दै घटनाको यथार्थ छानविन गरी दोषीलाई कानूनी कारवाहीका लागि सरकारसँग जोडदार माग गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स