नेपालमा ओमोडाको १५१ भन्दा बढि गाडी बिक्रि
काठमाडौँ । नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा १ सय ५१ भन्दा बढी ओमोडा गाडीको सफल बिक्री गरेको छ । बुकिङ भएको १ सय ५१ भन्दा बढी गाडीको हस्तान्तरण सँगै काठमाडौँको उत्तरढोका स्थित ओमोडाको सोरुमको औपचारिक उद्घाटन पनि अप्रिल १५ ९वैशाख २० मा गरिएको छ ।प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत सोङ चेन, शारदा ग्रुपका अध्यक्ष एस।आर। शारदा, ओमोडा नेपालका कन्ट्री डाइरेक्टर सोङ हुआइफु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदा, अटोमोबाइलका ग्रुप अध्यक्ष धीरेन तामाङ लगायत विभिन्न अतिथि तथा सञ्चारकर्मीको उत्साहजनक सहभागितामा उद्घाटन समारोह सम्पन्न भएको छ । कार्यक्रममा ओमोडा खरिद गर्ने ग्राहकहरूलाई प्रमुख अतिथि महामहिम चेन सोडद्वारा गाडीको कि ९साँचो हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा शारडा ग्रुपका निर्देशक गौरव शारडाले भने, औपचारिक रुपमा ओमोडाको गाडी गत २ फेब्रुअरी २०२४ मा नेपालमा बुकिङ खुला गरिएको थियो । नेपालका मात्रै चार सय भन्दा बढीको बुकिङ भइसकेको छ भने र १ सय ५१ बढी गाडी हाल नेपाली सडकमा गुडिरहेका छन् । नेपाली ग्राहकहरूमाझ फ्युचरिस्टिक गाडीहरू प्रस्तुत गर्न पाउँदा र छोटो समयमा नै राम्रो प्रतिक्रिया प्राप्त गर्न पाउँदा हामी उत्प्रेरित र उत्साहित छौँ । लन्च भएको केही महिनाभित्रै ओमोडाले ग्राहकवर्गबाट अत्यधिक साथ पाई प्रतिस्पर्धीको तुलनामा सर्वाधिक रुचाइएको गाडीको रूपमा उभिएको छ ।
विद्युतीय र दिगो भविष्यका निम्ति अग्रगामी प्रविधि सहित छलाङ मार्दै, एसपिजि अटोमोबाइल्सले उत्कृष्ट प्रविधियुक्त ओमोडा इ फाइभु मोडल लन्च गरेको थियो । यो गाडीको मुख्य आकर्षण भनेको अत्याधुनिक ६१ किलोवाटको लिथियम आइरन फोस्फेट ब्लेडयुक्त ब्याट्री हो, जसको प्रभावशाली ऊर्जाले एक पटकको चार्जमा रेन्ज ४३० कि।मि। दिन्छ । यस गाडीमा यात्रु तथा चालकका लागि २।५ लेभलको महत्त्वपूर्ण एडास सुरक्षा फिचरहरू उपलब्ध छन् ।

सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


