अमेरिकी राजदूत लिएर सांसद बजगाईं मनास्लु हिमशिखरको निरीक्षणमा
काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्प्सनले उत्तरी गोरखाको धार्चे साम्दो सामागाउँ मनास्लु हिमशिखरको निरीक्षण भ्रमण गरेका छन्। गोरखा–१ का प्रत्यक्ष निर्वाचित सांसद तथा कांग्रेस नेता राजेन्द्र बजगाईंपनि राजदूत थम्प्सनसँगै भ्रमणमा थिए । सो क्रममा आफूहरु प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र बारपाक पनि पुगेको सांसद बजगाईंले जनाएका छन् ।
भ्रमणको क्रममा मनास्लु हिमालवरपर जलवायु परिवर्तनबाट स्थानीय जनजीवनमा परेको असर र पर्यटनका विकासका सम्भावनाहरूबारे स्थानीसँग अन्तरक्रिया गरिने पनि उनले जनाएका छन् । भ्रमण दलमा अमेरिकी दूतावासमा राजनीतिक विभागमा कार्यरत रोजी कट्टेलपनि छिन् । भ्रमणको तस्विर सार्वजनिक गर्दै सांसद बजगाईंले फेशबुकमा लेखेका छन्–
महामहिम अमेरिकी राजदूत डीन थम्सन र भ्रमण दल संग म आज मेरो निर्वाचन क्षेत्र उत्तरी गोरखाको भूगोल धार्चे साम्दो सामागाउँ मनास्लु हिमशिखरको निरीक्षण भ्रमणमा आएको छु र क्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित क्षेत्र साविकको हाम्रो निर्वाचन क्षेत्र मेरो गाउँ बारपाक आएको छु। यो निरीक्षण भ्रमणमा गोरखा जिल्लाको उत्तरी भूगोल मूलरूपमा मनास्लु हिमाल वरपर जलवायु परिवर्तनबाट स्थानीय जनजीवनमा के कस्तो असर गरेको छ, र पर्यटनका विकासका सम्भावनाहरू के के छन् भनेर स्थानीय नागरिक संग संवाद गरिने छ। भ्रमणको क्रममा महामहिम र भ्रमण दलले पौराणिक तथा साहसको प्रतीक गोरखा दरबारको निरीक्षण अवलोकन गर्ने कार्यक्रम राखिएको छ। निरीक्षण भ्रमणमा उत्साहपूर्वक सरिक भैदिनु भएकोमा अमेरिकी दूतावास प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।


सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


