एमालेको प्रतिनिधि परिषद्को बैठकमा देउवालाई निमन्त्रणा
जानकारी केन्द्र
२०८१, बैशाख, ७
काठमाडौं । नेकपा एमालेले आफ्नो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका रूपमा सहभागी हुन् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिएको छ । एमालेका सचिव योगेश भट्टराईले देउवाको बुढानीलकण्ठस्थित निवासमै पुगेर पार्टीको तर्फबाट निमन्त्रणा दिएका हुन् ।
एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा शनिबारबाट शुरु हुँदैछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधिहरू भेलामा सहभागी हुँदैछन् ।
सो अवसरमा सचिव भट्टराईसँगै बुढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारी, एमालेका काठमाडौँ जिल्ला अध्यक्ष दिपक निरौला, एमाले बुढानीलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल र वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ समेत उपस्थित थिए ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


