Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

मेरी श्रीमतीकाे खानामा शौचालय सफा गर्ने केमिकल मिसाइयोः इमरान खान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ९
मेरी श्रीमतीकाे खानामा शौचालय सफा गर्ने केमिकल मिसाइयोः इमरान खान

एजेन्सी । पाकिस्तानको एक अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको मेडिकल जाँचको लागि अनुरोध स्वीकार गरेको छ ।अदालतले दुई दिनभित्र पूर्व प्रथम महिलाको निजी अस्पतालमा एन्डोस्कोपी गर्न निर्देशन दिएको छ।

७१ वर्षीय खानलाई धेरै मुद्दामा दोषी ठहर गर्दै रावलपिंडीको अदियाला जेलमा राखिएको छ भने बुशरा बीबी हाल इस्लामाबादस्थित खानको घर बनी गालामा बन्दी छिन् । शुक्रबार मात्रै पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका संस्थापक खानले ४९ वर्षीया बुशरा बीबीलाई शौचालय सफा गर्ने खाना मिसाइएको अदालतमा दाबी गरेका थिए ।

न्युज इन्टरनेशनलका अनुसार खानले शौकत खानुम अस्पतालका प्रमुख चिकित्सा अधिकारी डा. असिम युसुफले बुशरा बीबीको शिफा इन्टरनेशनल अस्पतालमा परीक्षण गर्न सिफारिस गरेको तर जेल प्रशासन पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) मा परीक्षण गराउन अडिग रहेको बताए। अदालतले सुनुवाई अप्रिल २३ सम्मका लागि स्थगित गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स