Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ९
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

 वीरगंज । पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो आगलागी भएको छ । भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ ।

भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केहि घरहरू पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जनायो । आगलागीबाट भएको क्षतिवारे विवरण आइनसकेको मिर्जापुर प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार अहिले प्रहरी, स्थानीयबासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

 

 

 

naima expoTop Changing Nepal

युट्युब सट्स