आइपिएलमा आज दुई खेल हुदै
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुदै छ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ६ खेलमा ४ जित र २ हारसहित ८ अंक हासिल गरेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी रोयल च्यालेन्जर्स बैंगलुरुले भने यस सिजनमा ७ खेलमा केवल एक खेल मात्र जितेर खराब प्रदर्शन गरेको छ । अहिलेसम्म ६ खेलमा हार बेहोरेको बैंगलुरु अंक तालिकामा पुछारमा रहेको छ ।
त्यसैगरी आज दोस्रो खेल पञ्जाव किंग्स र गुजरात टाइटन्सबीच हुदै छ । पञ्जावको घरेलु मैदान मुल्लनपुरमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा अहिलेसम्म पञ्जावले ७ खेलमा केवल २ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । ४ अंकसहित पञ्जाव अंक तालिकामा नवौं स्थानमा रहेको छ । त्यसैगरी गुजरातले यस सिजनमा ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ र अंकतालिकामा आठौँ स्थानमा रहेको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


