Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

शहरी विकास मन्त्रालयका कर्मचारीले गरे आत्महत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, १०

काठमाडौं । शहरी विकास मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगीले आत्महत्या गरेका छन् । विगत १० वर्षदेखि करार सेवामा शहरी विकास मन्त्रालयमा कार्यरत पुष्कर खड्काले आज बिहान आत्महत्या गरेका हुन् ।

खड्का पत्नी र छोराका साथमा मनोहरामा बस्दै आएका थिए । उनले आज बिहान जडिबुटीको फलामे पुल मुनी आत्महत्या गरेको बताइएको छ । विगत केही समयदेखि मृगौला रोगबाट पीडित उनले तीन पटक सम्म डायलासिस गरिसकेका थिए ।

दोलखा तामाकोशी गाउँपालिका स्थायी ठेगाना भएका खड्काको पत्नी पनि करार सेवामै शहरी विकास मन्त्रालय मातहत रहेर काम गर्दै आइरहेकी छिन् । आत्महत्याको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स