छैठौं राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता शनिबार हुने
काठमाडौँ । स्वस्थ नेपालको परिकल्पनालाई आत्मसात गर्दै नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सले छैठौं संस्करणको राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता आगामी शनिबार आयोजना गर्ने भएको छ । एक बिज्ञप्ती जारी गर्दै आयोजकले प्रतियोगिताको अन्तिम तयारीको बारेमा जानकारी उक्त जानकारी गराएको हो ।
काठमाडौं बौद्ध स्थित बाग्मती नगर पार्कमा हुने प्रतियोगितालाई बजाजको सु–प्रसिद्ध मोटर बाइक ब्रान्ड पल्सरले सहयोग गर्ने आयोजकले जनाएका छन् । वल्र्ड पावरलिफ्टिङ्गको र युरोपियन स्ट्रीट लिफ्टिङ्ग महासंघको सम्बद्धतामा आयोजना हुने प्रतियोगितामा देशभरबाट २५० भन्दा बढि खेलाडीहरुको सहभागिता रहने आयोजकले प्रेश बिज्ञप्तीमा जनाएका छन् । प्रतियोगितालाई थप आकर्षक र सहज बनाउने अभिप्रायले सर्किट र बार गरि दुईवटा विद्यामा विभाजन गरिएको छ ।
जसमा सर्किट विद्यालाई खुल्ला महिला सर्किट, खुल्ला पुरुष सर्किट, जुनियर सर्किट (१९ वर्ष मुनि), पुरुष सर्किट मास्टर्स ४५+ वर्ष र महिला सर्किट मास्टर्स ४०+ वर्ष गरि ५ वटा खेल समूहमा वर्गीकरण गरिएको छ । यसैगरी बार विद्यालाई खुल्ला महिला बार, खुल्ला पुरुष बार, जुनियर बार (१६ वर्ष मुनि) गरि ३ वटा खेल समूहमा वर्गीकरण गरिएको छ । यसरी यस प्रतियोगितामा कुल ८ वटा विभिन्न समुहमा सहभागी खेलाडीहरु बिच प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगिताको अघिल्लो दिन अर्थात वैशाख १४ गते एथलेट ब्रीफिङ्ग, ट्याग नंम्बर वितरण गरिनेछ र प्रतियोगिताको दिन अर्थात वैशाख १५ गते सर्किट र बार विद्या अन्तर्गतको माथी उल्लेखित समूहमा सहभागी खेलाडीहरु बिच प्रतिस्पर्धा गराउनुका साथै दर्शक महानुभावहरुलाइ समेत समावेश गराउने गरि फिटनेस संग सम्बन्धित टोल टोलमा फिटनेस कार्यक्रम साथै अन्य थुप्रै खेलहरु समेत आयोजना गरिनेछ र सोही दिन औपचारिक कार्यक्रम गरि प्रतिस्पर्धाको अन्तिम नतिजा सार्वजनिक गर्दै विजेताहरुको नाम घोषणा गरिनेछ बिज्ञप्तीमा जनाईएको छ ।
अनुमानित बजेट २५ लाख ५० हजार रहेको प्रतियोगिताको प्रतिस्पर्धामा सर्किट र बार विद्याको प्रत्येक समुह अन्तर्गतको खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीहरुलाइ प्रोत्साहन स्वरुप क्रमश २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार साथै मेडल ट्रोफी, समुहगत विभिन्न उपाधी र आकर्षक उपहारहरुबाट पुरस्कृत गरिनेछ । साथै विभिन्न समुह अन्तर्गतको खेलहरुमा शिर्ष पाँचौ स्थानसम्म हासिल गर्न सफल खेलाडीहरुले प्रतिनिधित्व गर्ने एक क्लब÷संघ÷संस्थाले प्राप्त गर्ने अंकको मुल्यांकन गर्दा बढी अंक प्राप्त गर्न सफल क्लबलाई यस वर्षको स्ट्रोङ्गेस्ट क्लब घोषणा गरिनेछ ।
प्रतियोगिताको संस्थाको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।
सम्बन्धित समाचार
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


